दफा ९०
स्वार्थ बाझिएमा संलग्न हुन नहुने
(१) देहायको अवस्था रहेमा स्वार्थ बाझिएको मानिनेछ र त्यस्तो अवस्थामा कसैले पनि जानकारी वा सूचनाको विश्लेषण वा अनुसन्धान सम्बन्धी कार्य गर्न पाउने छैनः“

(क) -विश्लेषण वा अनुसन्धान गर्ने व्यक्तिको एकाघर परिवार वा नजिकको नातेदार संलग्न रहेको अवस्थामा,

(ख) विश्लेषण वा अनुसन्धान गर्ने व्यक्तिको आफ्नो हित वा सरोकार रहेको विषयमा,

(ग) विश्लेषण वा अनुसन्धान गर्ने व्यक्तिको तत्कालको सुपरिवेक्षक विरुद्धको विषयमा ।

(२) विश्लेषण वा अनुसन्धान अधिकारीले विश्लेषण वा अनुसन्धान सम्बन्धी कार्य सुरु गर्नुअघि अनुसूची-११ बमोजिमको ढाँचामा शपथ लिनु पर्नेछ।

(३) सूचक संस्थाले शङ्कास्पद कारोबारको प्रतिवेदन पठाउँदा त्यस्तो संस्थाको कार्यान्वयन अधिकारीको एकाघर परिवार वा नजिकको नातेदार हुने अवस्था देखेमा निज बाहेक अन्य अधिकारीबाट प्रतिवेदन पठाउने व्यवस्था गर्नु पर्नेछ।

(४) सूचक संस्थाले कार्यान्वयन अधिकारीको नियुक्ति गर्दा सम्बन्धित नियमनकारी निकायका पदाधिकारी वा उच्च पदमा कार्यरत कर्मचारीको एकाघर . परिवार वा नजिकको नातेदार बाहेकको व्यक्तिलाई नियुक्ति गर्नु पर्नेछ।